Logo

लिउले चीनविरोधी गतिविधिबारे कुरा उठाएपछि देउवाले सम्झाए दलाई लामाको कार्यालय बन्द गराएको इतिहास



काठमाडौं, २६ असार । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगको छुट्टाछुट्टै भेटमा चीनको नेपाल मामलामा रहेको सुरक्षा स्वार्थबारे प्रष्ट कुरा गरेका छन् । उनले नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन नपाओस् भनी कुरा राखे ।

पछिल्लो समय अमेरिकी अधिकारीहरु तिब्बती शरणार्थीको शिविरमा गएको विषयतर्फ संकेत गर्दै लिउले नेपालबाट चीनविरोधी कुनैपनि गतिविधि नहोस् भन्ने चाहना रहेको बताए । भेटमा सहभागी परराष्ट्रका अधिकारीका अनुसार लिउले प्रष्टसँग चीनविरोधी गतिविधिका लागि नेपाली भूमिमा कुनै स्थान नहोस् भने ।

जवाफमा देउवाले नेपालबाट चीनविरोधी गतिविधि हुन नदिइने बताए । उनले आफ्नै पालामा दलाई लामाको कार्यालयलाई बन्द गराएको स्मरण गराए । आफू बोलीमा भन्दा व्यवहारमा गरेर देखाउने स्वभाव भएको भन्दै देउवाले इतिहास स्मरण गर्न सुझाएको बुझिएको छ । उनले एक चीन नीतिप्रतिको प्रतिवद्धता दोहोराए । देउवाले चीनसँग मित्रवत् सम्बन्ध अझ प्रगाढ हुने विश्वास समेत व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot