Logo

रणवीर–आलिया विवाहको ३ महिनापछि हनिमुनमा जादै



एजेन्सी, ५ साउन । बलिउड अभिनेता रणवीर कपुर फिल्म ‘शमशेरा’ बाट ४ वर्षको लामो ब्रेकपछि ठूलो पर्दामा फर्किएका छन् ।

हालै कुराकानीका क्रममा उनले फिल्म रिलिजपछि फेरि ब्रेक लिने तयारी गरिरहेको खुलासा गरेका छन् । वास्तवमा रणवीर विवाहपछि कामको प्रतिबद्धताका कारण अहिलेसम्म हनिमुनमा जान सकेका छैनन् । त्यसैले उनले ‘शमशेरा’ रिलिजपछि आलिया भट्टसँग एक साताको छुट्टीमा जाने योजना बनाएका छन् ।

हालैको एक अन्तर्वार्तामा रणवीरलाई सोधिएको थियो कि आलियासँग हनिमुनमा किन नगएको ? त्यसको जवाफमा उनले भने, ‘जब आलिया र मैले अचानक विवाह गर्ने निर्णय गरे, तब हामी दुवैलाई थाहा थियो कि हामीसँग केही कामको प्रतिबद्धता छ । यस्तो अवस्थामा हामी उनीहरुबाट फर्किन सकेनौं ।’

रणवीरले थप भने, ‘फिल्म ‘शमशेरा’ रिलिज भएपछि आलिया र म छुट्टी मनाउने योजनामा छौं ।’ विवाहको लगत्तै आलिया आफ्नो हलिउड डेब्यू फिल्म ‘हार्ट अफ स्टोन’ को सुटिङका लागि लण्डन पुगिन् । यसै क्रममा रणवीर लव रञ्जनको फिल्मको सुटिङका लागि स्पेन गएका थिए ।

रणवीर र आलियाले यही वर्ष १४ अप्रिलमा परिवार र केही विशेष साथीहरूको उपस्थितिमा विवाह गरेका थिए । विवाहअघि दुवै ५ वर्षसम्म सम्बन्धमा थिए । उनीहरुको पहिलो भेट सन् २०१७ मा फिल्म ‘ब्रह्मास्त्र’ को सेटमा भएको थियो । केही दिनअघि आलियाले सामाजिक सञ्जालमा अस्पतालको तस्बिर शेयर गर्दै दुवै छिट्टै आमाबुवा बन्न लागेको बताएकी थिइन् ।

रणवीर अब लव रञ्जनको अनटाइटल्ड रोमान्टिक कमेडी फिल्ममा देखिनेछन्। यसमा उनीसँगै श्रद्धा कपूर पनि मुख्य भूमिकामा देखिनेछिन् । यससँगै उनी करण मल्होत्राको निर्देशनमा बनेको फिल्म ‘शमशेरा’ मा पनि मुख्य भूमिकामा छन् । जुन फिल्म २२ जुलाईमा रिलिज हुँदैछ । यसमा रणवीरसँगै वाणी कपूर र सञ्जय दत्त पनि छन् । यसबाहेक रणवीर र रश्मिका मण्डनाको फिल्म ‘एनिमल’ मा पनि देखिनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot