Logo

यस वर्ष एसईईको नतिजामा ‘नन ग्रेडेड’ लागु नहुने



काठमाडौं, ११ साउन । यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई)मा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागु नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले कोभिड–१९ को दोस्रो लहरको कारण पठनपाठन नियमित नभएको र वैकल्पिक सिकाइ प्रणाली प्रभावकारी नभएको भन्दै निर्देशिका लागु नगर्ने निर्णय गरेको हो ।

उक्त निर्देशिका लागु गर्दा ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थी फेल हुने थिए । गत बैशाखमा लिइएको परीक्षाको आज नतिजा सार्वजनिक हुँदैछ । आज हुने नतिजा अक्षरांकन (ग्रेडिङ) विधि अनुसार नै गर्ने जनाइएको छ।

गत २०७८ पुस ७ गते शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिकामा सैद्धान्तिकतर्फ न्युनतम ३५ र प्रयोगात्मकतर्फ ४० अंक ल्याउनै पर्ने व्यवस्था गरेको थियो । उक्त निर्देशिका अनुसार ३५ अंक भन्दा कम अंक ल्याएमा एनजी (नन ग्रेडिड) लेखिने, कक्षा ११ पढ्न नपाउने र विद्यार्थीलाई मुल प्रमाणपत्र नदिने अवस्था थियो ।

९० वा सो भन्दा बढी ल्याउनेलाई ए प्लस, ८० वा सो भन्दा बढी ल्याउनेलाई ए, ७० वा सो भन्दा बढी ल्याउनेलाई बी प्लस तथा ६० वा सो भन्दा बढी ल्याउनेलाई बि ग्रेड दिइने छ ।
२७ सय परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका ५ लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot