Logo

‘देशद्रोही’ भन्दै ओलीले भनेः काँग्रेसले सजिलै कुकर्म गर्छ



काठमाडौं, १७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेपाली काँग्रेसमाथि आक्रोश पोखे । राजधानीमा आयोजित कार्यक्रममा उनले काँग्रेसले देशभक्तमाथि दमन गर्ने कुकर्म गरेको आरोप लगाए ।

दिवंगत पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको नामै लिएर ओलीले २०१० सालमा भीमदत्त पन्तको हत्या गराएको आरोप लगाए । भारतीय सैनिक नेपाल पसेर पन्तको हत्या गराउन तत्कालीन कोइराला सरकारको भूमिका रहेको उनको आरोप थियो । तत्कालीन काँग्रेस नेता समेत रहेका कोइरालाले जलस्रोतमाथि विदेशीको आधिपत्य जमाउने काम सुरु गराएको ओलीको भनाई थियो ।

मातृका कोइराला सरकारको पालामा चीनको सीमानामा भारतको फौज लगेर राखेर कुकर्म गरेको टिप्पणी गरे । उनले भने,‘यस्ता कुकर्म काँग्रेसले सजिलै गर्छ ।’ ओलीले काँग्रेसलाई देशद्रोही पार्टी भन्दै आक्रोश पोखे ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot