Logo

राष्ट्रिय स्क्वाश प्रतियोगिता



काठमाडौँ,१९ साउन । चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वाश प्रतियोगिता अन्तरगत मास्टर खुलातर्फको विधामा दिलीप अधिकारी फाइनलमा पुगेका छन् ।

दिलीप अधिकारीले कर्नेल इन्द्रबहादुर कार्कीलाई २–१ ले पछि पार्दै फाइनलमा पुगेको हो । यसैगरी आजै भएको दोस्रो सेमिफाइन खेलको प्लेट च्याम्पियनसिपतर्फको विधामा राजकृष्ण महर्जनले कमल शाक्यलाई ३–१ ले पराजित गर्दै फाइनलमा पुगे।

राजकृष्णले कमललाई ४–११, ११–५, ११–९, ११–९ स्कोरले पराजित गरेको हो । सोही विधाको अर्को खेलमा प्रयाग जोशीले जुनिल शाक्यलाई ३–१ ले पराजित गरे । प्रयागले जनिलमाथि १२–१०, ११–३, ८–११, ११–३ को स्कोरले पाखा लगाए ।

शुक्रबार पुरुष खुला, मास्टर खुला, महिला खुला तथा छात्र यु–१९ विधाका सेमिफाइनल खेल सञ्चालन हुनेछ । प्रतियोगिता यही साउन २१ गतेसम्म सञ्चालन हुनेछ ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot