Logo

जापान पुगेका प्रचण्डले आजै नेपाल फेस्टिभलको समुद्घाटन गर्ने



काठमाडौं, साउन २१ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान पुगेका छन्। नेपाली जन प्रगतिशील मन्च जापानको निमन्त्रणामा प्रचण्ड पुगेका हुन् ।

उनलाई राजदुत दुर्गा बहादुर सुबेदी, एनआरएनएका पुर्व अध्यक्ष भवन भट्ट,नेपाली जन प्रगतिशील मन्च जापानका अध्यक्ष भवानी पन्त लगायतले टोक्यो स्थित नारिता विमानस्थलमा स्वागत गरेका छन्।

प्रचण्डले आज नै जापानको फुकुओका शहरमा आयोजना हुने नेपाल फेस्टिबलको उद्घाटन गर्ने छन् भने आइतबार टोक्यो स्थित कामेईदोमा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। उनको राजनीतिक भेटघाटका बारेमा भने अझै पनि केही खुलाईएको छैन।



प्रतिक्रिया दिनुहोस्