Logo

संसदीय समितिको प्रतिवेदनले प्रश्नको जवाफ दिएन, थप प्रश्न उब्जायोः उपाध्यक्ष नेम्वाङ



दाङ, साउन २१। नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिको प्रतिवेदनले थप प्रश्नहरू उब्जाएको बताएका छन् ।

शनिबार प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष नेम्वाङले संसदीय समितिको प्रतिवेदनले प्रश्नको जवाफ दिनुको साटो थप प्रश्न उठाएको बताएका हुन् ।

उनले छानबिन समितिले घटनासँग सम्बन्धित व्यक्तिहरूको फोन कल डिटेल, मोबाइल लोकेसन जस्ता कुराहरु हेर्नुपर्नेमा त्यो नहेरेर थप प्रश्न उब्जाएको बताए ।

उनले भने, ‘छानबिन समिति जे प्रश्नको उत्तर दिन बनाइयो, त्यसको उत्तर दिन सकेन । फोन कल डिटेल, मोबाइल लोकेसन हेर्न किन चाहेन रु उहाँहरुले त्यसलाई किन रोक्नु भयो रु त्यहाँ प्रश्न छ ।’ उनले एमालेले सुरुदेखि नै अर्थमन्त्रालयको सीसीटीभी फुटेज मागेको भएपनि त्यसलाई लुकाउने प्रयास गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्