Logo

सत्ता गठबन्धनले राष्ट्रिय स्वाधिनताको सवालमा मनोमानी गरेको नेम्वाङको आरोप



काठमाडौं, २१ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्ता गठबन्धनले नागरिकता विद्येयक, एमसीसी र एसपीपी लगायतका राष्ट्रिय स्वाधिनताको सवालमा मनोमानी काम गरिरहेको आरोप लगाएका छन् ।

उनले वर्तमान सरकार संसदीय मूल्य मान्यताअनुरुप चल्न नसकेको पनि आरोप लगाए । आज (शनिबार) प्रेस चौतारी नेपाल जिल्ला शाखा दाङले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने–‘सत्ता गठबन्धनले संविधान मान्दैन, कानुन मान्दैन । आफू खुसी मनोमानी काम गरिरहेको छ ।’

उनले सत्ता गठबन्धनको यही प्रवृत्तिका कारण मुलुक अस्थिरतातर्फउन्मुख बन्दै गइरहेको पनि बताए । उनले मंसिर ५ गते निर्वाचनमा गठबन्धन दलहरु परास्त गर्दै नेकपा एमाले उदय हुने पनि दाबी गरे । file photo



प्रतिक्रिया दिनुहोस्