Logo

विश्वकप फुटबलमा कुन देश कति बलियो



काठमाडौं, २१ साउन । कतारमा यसै वर्ष हुने विश्वकप फुटबलमा ३२ देश उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् । आयोजक कतार स्वतः छनोट भयो । बाँकी ३१ टोली आ आफ्नो महादेश र केहीले प्ले अफ खेलेर कतारको यात्रा निश्चित गरे ।

विश्वकपमा छनोट हुनु सबै देशहरुका लागि ठूलो उपलब्धि हो । उपाधिका लागि अब निकै कडा प्रतिष्पर्धा हुने निश्चित छ ।

कतिपय देशहरुका लागि दोस्रो चरणमा प्रवेश गर्दा नै इतिहास रच्ने अवस्था हुन्छ । आयोजक कतार पहिलोपटक विश्वकप खेल्दैछ ।

विश्वकपमा सबैभन्दा बढी पटक उपाधि जितेको ब्राजिल, जर्मनी, अर्जेन्टिना, फ्रान्स, स्पेन, पोर्चुगल, इंग्ल्याड मुख्य दाबेदार मानिएका छन् । यसबाहेक नेदरल्यान्ड, क्यामरुन, जापान, दक्षिण कोरिया पनि बलियो टोली मानिएका छन् ।

विश्वकपमा उपाधि जतिसकेका देशहरुलाई सबैभन्दा दबाब हुने गरेको छ । फुटबलका महाशक्ति मानिएका ब्राजिल, अर्जेन्टिना, जर्मनी, फ्रान्स, स्पेन, इंग्ल्यान्ड बढी दबाबमा हुने देखिन्छ ।

रोनाल्डो पोर्चुगल र मेस्सी अर्जेन्टिनाबाट खेल्ने भएकाले यी टोलीहरु बलिया मानिन्छन् । ब्राजिलमा नियमार खेलका आकर्षण हुन् । तर, ब्राजिलमा अन्य राम्रा खेलाडी पनि छन् ।

बेल्जियम सशक्त टोली मानिन्छ । उसका खेलाडीहरु विश्वकै उत्कृष्ट मानिन्छन् । फ्रान्सेली टोलीका खेलाडी शारीरिक रुपमा मजबुत छन् । स्पेनका खेलाडीमा बलमाथि निरन्तर नियन्त्रण बनाइराख्ने खूबी छ । जर्मनीको आक्रामक खेल हुनेगरेको छ ।

क्यामरुन बलिया खेलाडी भएको टोली हो । जापानी टोली संगठित र प्राविधि रुपमा बलियो मानिन्छ । दक्षिण कोरियामा पनि नाम चलेका खेलाडी छन् । इरानका खेलाडी शारीरिक रुपमा बलिया मानिन्छन् ।

फुटबलमा शारीरिक रुपमा मजबुत र खेलकौशल पनि राम्रो हुनुपर्छ । यूरोपेली देशका टोलीहरुमा बढी त्यो क्षमता देखिन्छ । खेलमा मौका नचुकाउने टोलीले नै बाजी मार्न सक्छ । अर्को विषय भाग्यलाई पनि महत्व मानिन्छ विश्वकप फुटबलमा ।



प्रतिक्रिया दिनुहोस्