Logo

पत्नीले अचानोले हान्दा पति ठहरै



काठमाडौं, २५ साउन । ‘लोग्नेस्वास्नीको झगडा परालको आगो’ उखानै छ । एकछिन झगडा गर्यो अनि मिल्यो । तर, चितवनमा श्रीमानश्रीमतीको झगडाले उग्र रुप लिंदा एकजनाको ज्यानै गएको छ ।

भरतपुर महानगरपालिका-२१ को पार्वतीपुरमा टीकाराम विक र विनमाया विकबीच घरायसी विवाद चर्कदा पत्नीले अचानो प्रहार गरिन् ।

विनमायाले अचानोले हान्दा टीकाराम ठहरै भए । गएराति भएको घटनामा ५६ वर्षीय टीकारामको शव घरमै फेला परेको थियो । प्रहरीले विनमायालाई पक्राऊ गरेको छ ।-Symbolic Photo



प्रतिक्रिया दिनुहोस्