Logo

गठबन्धनको मात्र भर नपर्न नेता/कार्यकर्ताहरुलाई देउवाको निर्देशन



काठमाडौं, ३० साउन । प्रधानमन्त्री एव्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई पहिलो दल बनाउनेगरि तयारी थाल्न नेता तथा कार्यकर्ताहरुलाई निर्देश्न दिएका छन् । पार्टीले आज (सोमबार) आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले नेता तथा कार्यकर्ताहरुलाई गठबन्धनको भर नपर्न पनि आग्रह गरेका छन् । उनले जनताको विश्वास जित्नेगरि नेता तथा कार्यकर्ताहरु खटिनुपर्नेमा जोड दिएका हुन् । सो अवसरमा उनले चुनाव जितिहालिन्छ भनेर ढुक्क नहुनपनि आग्रह गरेका थिए ।

उनले भनेका थिए,”गठबन्धन छँदैछ भनेर ढुक्क भएर नबसौं । जनताको मन जितेर कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्छ ।’ file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्