Logo

हास्यकलाकार राजु श्रीवास्तवको अवस्था अत्यन्तै नाजुक



एजेन्सी, ३ भदौ । भारतीय चर्चित हास्यकलाकार राजु श्रीवास्तवको अवस्था निकै नाजुक रहेको छ । उनको १० दिनसम्म लगातार उपचार भइरहेको छ तर कुनै सुधार भने देखिएको छैन । शुक्रबार एम्स अस्पतालका चिकित्सकले राजुको दिमागले काम गर्न छोडेको बताएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ । उनलाई पूर्ण अक्सिजन सपोर्टमा राखिएको छ । डाक्टरहरूले सक्दो गरिरहेका छन्। उनका परिवारका सबै सदस्य दिल्ली एम्स पुगेका छन् ।

सामाजिक सञ्जालमा राजु श्रीवास्तवको स्वास्थ्यका बारेमा विभिन्न किसिमका समाचार भाइरल भइरहेका छन् । यसैबीच, राजुकी श्रीमती शिखाले भनिन्, “श्रीमानको अवस्था स्थिर छ, डाक्टरले आफ्नो काम गरिरहनु भएको छ । हामीलाई उहाँहरुमाथि विश्वास छ र राजुजी लडाकु हुनुहुन्छ, यो लडाइँ पक्कै जित्नुहुन्छ। यो लडाइँ र त्यसपछि अर्को लडाइँ जित्नुहुन्छ।“ यो मेरो प्रतिज्ञा छ सबैलाई।“ शिखाले श्रीमानको स्वास्थ्यबारे अफवाह फैलाउन बन्द गर्न अपिल गरेकी छन् ।

उनको रक्तचाप पनि घटेको छ । एजेन्सीको अनुसार चिकित्सकहरूले रक्तचाप नियन्त्रण गर्न औषधि दिएपनि तर यसको प्रभाव सकिएपछि फेरि रत्तचाप घटेको हो । उनका भाइका अनुसार राजुको स्वास्थ्य अवस्था हेरेर पूरै परिवार अस्पतालमै उपस्थित छन् ।

हृदयघात भएपछि राजुलाई अगस्ट १० मा दिल्लीको एम्समा भर्ना गरिएको थियो । जिममा व्यायाम गर्दागर्दै उनलाई हृदयघात भएको थियो । ९ दिन बितिसक्दा पनि उनको होश आएको छैन । उनी निरन्तर भेन्टिलेटर सपोर्टमा छन् । उनी कोमाजस्तै अवस्थामा छन् ।
सीटी स्क्यान गर्दा मस्तिष्कको माथिल्लो भागमा सुन्निएको र पानीको समस्या देखिएको चिकित्सकहरुले बताएका छन् ।

बिहीबार उनको अवस्था नाजुक भएको खबर आएसँगै देशभरका मानिसहरुले उनको लागि प्रार्थना गर्न थालेका छन् । कानपुरमा पनि उनका फ्यान, आफन्तले पूजा–हवन थालेका छन् । हास्यकलाकार सुनिल पालले रोएको भिडियो सार्वजनिक गरेका छन् । अभिनेता तथा हास्यकलाकार राजपाल यादवले पनि भिडियो सार्वजनिक गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot