Logo

नग्न फोटोशूटबारे प्रहरीसँग रणवीरले मागे २ हप्ताको समय



एजेन्सी, ६ भदौ । बलिउड अभिनेता रणवीर सिंहले नग्न फोटोसुट प्रकरणमा मुम्बई प्रहरीसँग २ हप्ताको समय मागेका छन् । मुम्बई प्रहरीले अभिनेतालाई २२ अगस्तमा सोधपुछको लागि बोलाएको छ। यद्यपी प्रहरी तर्फबाट हालसम्म कुनै प्रतिक्रिया नआएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

रणवीरले जुलाई २२ मा पेपर म्यागजिनको लागि नग्न फोटोशूट गरेका थिए । तस्बिरहरू सोशल मिडियामा बाहिर आएपछि मुम्बईको एक एनजीओले चेम्बुर पुलिस स्टेशनमा रणवीरविरुद्ध एफआईआर दर्ता गरेको थियो।

एनजीओले रणवीरले आफ्नो नग्न फोटोबाट महिलाको भावनामा चोट पु¥याएको र अपमान गरेको बताएको थियो । उनको तस्बिर ट्विटर र इन्स्टाग्रामबाट हटाउन र उनलाई पक्राउ गर्न पनि माग गरिएको छ । रणवीर विरुद्ध आईपीसीको धारा ५०९, २९२, २९३, आईटी एक्टको धारा ६७ ए अन्तर्गत मुद्दा दर्ता गरिएको थियो।

उजुरी दर्ता भएपछि मुम्बई प्रहरीले ४८ घण्टाको समय मागेको थियो । यसपछि रणवीरविरुद्ध मुद्दा दर्ता भएको थियो । आईपीसीको धारा २९२ अन्तर्गत ५ वर्ष र धारा २९३ अन्तर्गत ३ वर्षको जेल सजायको प्रावधान छ । साथै रणवीरलाई आईटी एक्ट ६७ ए अन्तर्गत ५ वर्षको जेल सजाय पनि हुनसक्छ ।

रणवीरले फोटोशुटपछि एक अन्तर्वार्तामा भनेका थिए,‘शारीरिक रूपमा नग्न हुन मेरो लागि धेरै सजिलो छ । म मेरा केही प्रदर्शनहरूमा नग्न भएको छु । तिनीहरूमा मेरो आत्मा देख्न सक्नुहुन्छ । उनी कति नग्न छिन् ? म हजारौं मानिसहरूको अगाडि मेरो सबै लुगा फुकाल्न सक्छु। मलाई कुनै आपत्ति छैन, तर त्यहाँ उपस्थित मानिसहरू अलि असहज हुनेछ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot