Logo

पल शाहको मुद्दाको पेशी स्थगित



काठमाडौं, ८ भदौ । बलात्कारको मुद्दामा थुनामा रहेका नायक पल शाहको आजको लागि पेशी स्थगित भएको छ ।

न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा चौथो नम्बरमा तोकिएको पेशी स्थगितको निवेदन परेको जनाइएको छ ।

जबरजस्ती करणी विरुद्धको मुद्दामा नवलपुर जिल्ला अदालतले आजका लागि तथा तनहुँ जिल्ला अदालतले भदौ १५ गतेका लागि पेशी तोकेको थियोे ।

पेशी तोकिएसँगै तनहुँ अदालतवाट अभिनेता शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्ने आंकलन गरिएको थियो ।

गत ११ फागुनमा नावालिक माथी पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । त्यसको ४ दिन पछि अभिनेता शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए । त्यसपछि शाह तनहुँ जिल्ला प्रहरी कार्यालयमा थुनामा छन ।

अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै उच्च अदालत, पोखरामा निवेदन दिए पनि उच्च अदालतले भने उनको निवेदन अस्विकृत गरिदिएको थियो ।

दुवै जिल्ला अदालतले पेशी तोकिएसँग उक्त मुद्धामा थुनामा रहेका शाह जेलमुक्त भएर मुद्धा लडनेछन वा थुनामा नै रहेर उक्त मुद्धा लडनेछन, त्यसको छिनोफानो अर्को साता हुनेछ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot