Logo

आज नेपाल र केन्या भिड्दै



काठमाडौं,भदौ ९ । आजबाट शुरु पाँच खेलको टी-२० आई सिरिज अन्तर्गत आज हुने पहिलो खेलमा नेपाल र केन्या भिड्दैछन् । नैरोबीस्थित जिमखाना क्लब मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जीत निकाल्दै सिरिजमा सुखद शुरुवात गर्ने लक्ष्यमा रहेका छन् । टोलीका ११ खेलाडीसहित मुख्य प्रशिक्षक मनोज प्रभाकर सोमबार रातिनै केन्या प्रस्थान गरेपनि टोलीका अन्य ५ खेलाडी भिसा समस्याको कारण नेपालमै अड्किएका थिए । तर भिसा आएपछि सोमपाल कामी र विवेक यादव भने मंगलबार केन्या प्रस्थान गर्दा अन्य ३ खेलाडी अझै नेपालमै रहेका छन् ।

टोलीका नयाँ मुख्य प्रशिक्षक प्रभाकरको नेतृत्वमा नेपाल आज पहिलो खेलमै जीत निकाल्न चाहन्छ । नेपाल क्रिकेट संघ(क्यान)ले गरेको बिदाई कार्यक्रममा प्रभाकरले टोलीले उत्कृष्ट प्रदर्शन गर्ने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot