Logo

आर्ट्माण्डुको म्युजिकल प्ले “बाँचुन्जेल हाँसखेल मरेसी तास खेल“ सार्वजनिक



काठमाडौं, १० भदौ । आर्टमाण्डू नेपालको प्रस्तुति रहेको “बाँचुन्जेल हाँसखेल मरेसी तास खेल “ गीतको भिडियो सार्वजनिक भएको छ ।

देखेर तिमीलाई–तीनपाते, बाफ, के माया लाग्छ र जस्ता चर्चित गीत रिलिज गरि सकेको आर्ट्माण्डुले आफ्नै युट्युब च्यानलमा उक्त भिडियो सार्बजनिक गरेको हो ।

“म्युजिकल प्ले “ को नाम दिइएको उक्त गीतमा नबिन चौहानको शब्द अनि सुशान्त गौतमको संगीत रहेको रहेको छ । उक्त गीतमा नेपाल आईडल सिजन ३ कि बिजेता सज्जा चौलागाईं र भानुभक्त ढकालको आवाज रहेको छ ।

यस “बाँचुन्जेल हाँसखेल मरेसी तास खेल“ म्युजिकल प्लेमा नाटक निर्देशन अनिल सुब्बाले गरेका छन् भने सौरभ लामिछानेको छायांकन रहेको भिडियोलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन्।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot