Logo

ओलीको राजनीतिक प्रतिवेदनमा के छ ?



काठमाडौं, १० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरु विभिन्न समूहमा विभाजन भएर छलफल चलेको बताईएको छ ।

आजको बैठकमा छलफलका लागि सातवटा एजेण्डा तय भएकोमा त्यसमध्येका अधिकांशमा छलफल र निर्णय भएको छ । त्यसमा पार्टीका विभिन्न केन्द्रीय आयोगका अध्यक्षले आआफ्ना प्रतिवेदन पेश गरेको जनाईएको छ ।

अध्यक्षको प्रतिवेदनले आगामी निर्वाचनसम्मको पार्टीको कार्यदिशा तय गर्ने नेता शेरबहादुर तामाङले जानकारी दिएका छन् । तामाङले एमाले अब आगामी दिनमा के गर्ने भन्ने विषयमा मात्रै केन्द्रित हुने जनाएका छन् ।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकारले देशलाई बर्बादीको दिशामा लगिरहेको बताएका थिए । बैठकको शुरूमा महासचिव शंकर पोखरेलले केन्द्रीय कमिटी बैठकका एजेण्डा प्रस्तुत गरेका थिए । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनौटको पूर्वसन्ध्यामा हुन गइरहेको यस बैठकले उम्मेदवार छनौट प्रक्रिय र मापदण्ड निर्धारण गर्ने छ ।

बैठकमा स्थानीय तह निर्वाचनमा भएका आन्तरिक कमी कमजोरी छानविनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिको प्रतिवेदन प्रस्तुत हुने छ । त्यस्तै बैठकले सचिवालय बैठकबाट भएको निर्णयहरूको अनुमोदन गर्ने छ । सचिवालयले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा कार्यदल र निर्वाचन परिचालन कमिटी गठन गरेको थियो । बैठकमा केन्द्रीय कमिटीमा मनोनयन गरिएका चारजना केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय कमिटीको बैठक आज र भोलि बस्ने छ ।

यस्तो छ अध्यक्ष ओलीको प्रतिवेदन



प्रतिक्रिया दिनुहोस्

Screenshot