Logo

कांग्रेसले १०० सिटमै अडान राख्ने हो भने सहमति हुँदैनः देव गुरुङ



काठमाडौं, १३ भदौ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सिट बाँडफाँटमा भइरहेको विलम्बका कारण गठबन्धन नहुने आशंका बढेको बताएका छन् ।
“कार्यदल संयोजक कृष्णप्रसाद सिटौलाले गठबन्धन दलसँग परामर्श गरेर गृहकार्य गरिरहनुभएको थियो । यसबीचमा उहाँ आफैं बिरामी पर्नुभयो । अहिलेसम्म चारपाँचवटा बसाइ भयो । तर सैद्धान्तिक सहमति समेत हुन सकेको छैन । अहिलेसम्मको गतिवधि हेर्दा सहमतिमा पुग्न नसक्ने हो कि भन्ने आशंका छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले भने ।
उनले स्थानीय तहलाई मात्र आधार मानेर गठबन्धन हुनै नसक्ने जिकिर गरे । गुरुङले थपे, “स्थानीय तहको निर्वाचनलाई पनि हेर्न नसकिने होइन । तर दलहरु गठबन्धनमा लडेको स्थितिमा यकिन तथ्यांक कसैसँग पनि छैन । त्यसकारण स्थानीय तहमात्र हेर्ने वा सय सिट नै चाहिने बटमलाइन हो भने सहमति हुने देखिँदैन । मिले सहकार्य गने हो, नमिले आआफ्नो स्वतन्त्रता छँदै छ ।”
बृहत् शान्ति सम्झौताको खिलाफ गएर कतिपयले फेरि पनि द्वन्द्व मच्चाउन खोजेको आरोप पनि उनले लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot