Logo

पर्यटनमन्त्री श्रेष्ठका कारण थुनिएका शेरजंग गुरूङ रिहा



काठमाडौं, २० भदौ । गरूड सेक्युरिटीका सुरक्षागार्ड शेरजंग गुरूङ रिहा भएका छन् ।

उनी संस्‍कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए ।

तर, उनको पक्राउलाई लिएर चौतर्फी आलोचना भएपछि मन्त्री श्रेष्ठकै आग्रहमा रिहा गरिएको बुझिएको छ ।

उनी छुट्नुअघि गृहमन्त्री बालकृष्ण खाँणले पनि काठमाडौंका सिडिओलाई फोन गरेर तत्काल रिहा गर्न निर्देशन दिएका थिए ।

गुरूङ साधारण तारेखमा रिहा भएका हुन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot