Logo

एनसेलले ल्यायो दुई विशेष अफर



काठमाडौँ, २ असोज । एनसेल आजियाटा लिमिटेडले आइतबारदेखि लागू हुने गरी नयाँ दुई विशेष अफर ल्याएको छ ।

आठौँ संविधान दिवसको अवसरमा ग्राहकहरुले अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको अनुुसार यी प्याक आइतबारदेखि तीन दिनका लागिमात्र संचालनमा रहनेछन् । आइतबारदेखि मंगलबारसम्म एक दिने अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक ५९ रुपैयाँ र ९५ रुपैयाँमा तीनदिन अवधिको अल नेट २०० मिनेट टक टाइम र २०० वटा एसएमएस पाइने छ । दुवै प्याकले ग्राहकलाई ठूलो महत्व राख्ने विश्वास रहेको एनसेलले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot