Logo

सुवास नेम्वाङको टिप्पणी : हामीलाई चलखेलमा विश्वास लाग्दैन् (भिडिओसहित)



काठमाडौं, १५ असोज । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पाँच दलीय गठबन्धनले प्रतिष्पर्धाको भन्दापनि निषेधको राजनीति गरिरहेको आरोप लगाएका छन् । निषेधको राजनीति गर्ने दलहरुसँग पनि आफू नियमित सम्पर्कमा रहेको उनको भनाई छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरुले आगामी निर्वाचनमा कसैसँगपनि गठबन्धन गर्ने निर्णय नगरेको स्पष्ट पारे । उनले आफूहरुलाई चलखेलमा विश्वास नभएको बताएका छन् ।

उनले भने,‘हामीलाई चलखेलमा विश्वास छैन् । जनतामा विश्वास छ । जनताले जुन दिन हामीलाई आर्शिवाद दिन्छन्, त्यही फर्केर हामी सिंहदरबार आउँछौं भनेर बसेका छौं ।’ उनले आगामी निर्वाचनको लागि एमाले र माओवादी मिल्ने सम्भावना नरहेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot