Logo

प्रचण्डले मलाई एकदम राम्रो व्यवहार गर्नुभयो, म उहाँसँग प्रभावित भएँ : मोहन बस्नेत (भिडिओसहित)



काठमाडौं, १५ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आफूहरुले गठबन्धनमा ०७४ को समानुपातिक मत र गत बैशाखमा सम्पन्न स्थानीय तहको दलीय मतको आधारमा सिट बाँडफाँट गर्नुपर्ने प्रस्ताव राखेको बताएका छन् । उनले अहिले दलीय अडानका कारण सत्ता गठबन्धनमा सिट बाँडफाँटमा केही समस्या भएको बताए । उनले आफू सिन्धुपाल्चोक–१ बाट चुनाव लड्ने पनि बताए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूले जित्ने पक्कापक्की रहेको पनि दाबी गरे । पत्रकार धमलाले सिन्धुपाल्चोक १ मा सभामुख अग्निप्रसाद सापकोटा लड्ने अरे नि ? भनेर सोधेको प्रश्नमा उनले भने–‘मलाई उहाँ पहिला बैद्यको मान्छेको सम्धी हो, केही चिज पाउने भएपछि प्रचण्डजीसँग नजिक हुनुभयो, त्यो पनि थाहा छ । सबै थाहा छ मलाई, अब उहाँले क कसको आडमा, एमसीसी पास गर्नुपर्यो भने झुण्डिएर मर्छु भनेको पनि थाहा छ, पछि लुरुक्क लगाएर एमसीसीमा सही गरेर टेबुल गरेको पनि थाहा छ ।’

उनले सिन्धुपाल्चोकको १ नम्बर क्षेत्रबाट चुनाव जितेर आएपछि अग्नि सापकोटाले सिन्को नभाँचेको स्मरण गराए । उनले सापकोटालाई प्रचण्डको नजिक भएर भन्दापनि सिन्धुपाल्चोकका भोट हाल्ने जनतासँग नजिक हुनुपर्ने बताए । सिन्धुपाल्चोकको समग्र विकासमा र जनताको हरेक दुःख र सुखमा आफूहरुले काम गरेको उनको दाबी छ । बस्नेतले पछिल्लो समय आफूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको र सो भेटबाट आफू प्रचण्डसँग प्रभावित बनेको बताए । उनले भने,‘उहाँले मलाई एकदमै राम्रो व्यवहार गर्नुभयो, म पनि उहाँसँग प्रभावित भएँ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot