Logo

भाेलि बिहानसम्म सिट बाँडफाँटमा हस्ताक्षर हुन्छ: रामचन्द्र पाैडेल



काठमाडौं, १९ असाेज। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले सत्ताका खेलाडीहरूले देशलाई खेलाैना बनाइरहेकाे आराेप लगाएका छन्। “हामीले लामाे संघर्ष गरेर लाेकतन्त्र ल्यायाैं। तर जनताका अधिकारमाथि हमला भइरहेकाे छ। देशलाई उल्टाे बाटाे लान चाहनेहरूबाट अझै पनि खतरा छ,” नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाैडेलले भने।

नेता पाैडेलले गठबन्धनमा भाेलि बिहानसम्म सिट बाँडफाँटमा हस्ताक्षर हुने आशा समेत व्यक्त गरे। उनले थपे, “विराटनगरदेखि नेपालगन्जसम्म मिलाउन बाँकी छ। गठबन्धनमा जनता समाजवादी पार्टीकाे प्रतिबद्धता भएकाले नमिलाईकन भएकाे छैन। आज बेलुकी भेट्ने कुरा छ। भाेलि बिहानसम्म सिट बाँडफाँटमा हस्ताक्षर हुन्छ ।”

पार्टीलाई मिलाएर लान र विद्राेहकाे अप्रिय अवस्था आउन नदिन आफू प्रयत्नशील रहेकाे पनि पाैडेलकाे कथन छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot