Logo

उत्तर कोरियाली आणविक हतियार परीक्षण गर्नसक्ने



एजेन्सी, २० असोज । उत्तर कोरियाले आणविक हतियारको परीक्षण गर्नसक्ने अनुमानहरु हुन थालेको छ । केही दिन अघि जापानको आकाशमाथि मिसाइल प्रहार गरेको उत्तर कोरियाले आणविक हतियार परीक्षण गर्न लागेको विषय उठेको हो ।

३ सेप्टेम्बर सन् २०१७ मा उत्तर कोरियाली आणविक हतियारको परीक्षण गरेको थियो । त्यो छैठौं परीक्षण थियो ।

उत्तर कोरियाले ५ वर्ष अघि गरेको परीक्षणले ६.३ म्याग्निट्युडको भूकम्प गएको थियो । कम्पनको असर चिनियाँ सीमासम्म पुगेको थियो ।

उत्तर कोरियाली जापान, दक्षिण कोरियाका अलावा अमेरिकालगायत पश्चिमा देशहरुलाई चेतावनी दिने गरी हतियार परीक्षण गर्दै आएको छ । पछिल्लो समय उसले एकपछि अर्को हतियार प्रहार गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्