Logo

एमालेले आधा सिट अन्य दललाई दिएर गठबन्धन बनाउँदै



काठमाडौं, २१ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक्लै चुनावमा गएर सत्ता गठबन्धनलाई पराजित गर्ने दाबी गरेपनि उनी आफै गठबन्धन बनाउन कठोर कदमहरु चाल्न थालेका छन् । ओलीले १६५ मध्ये झण्डै आधा सिट अन्य दललाई दिएर भएपनि गठबन्धन बनाउने पहल गरिरहेका छन् ।

जनता समाजवादी पार्टीलाई २५, राप्रपालाई २०, लोसपालाई १०, हृदयश त्रिपाठीको समूहलाई ५, सीके राउतको समूहलाई ३ र कमल थापाको समूहलाई २ सिट दिन ओली तयार देखिन्छन् । यसबाहेक गठबन्धनका बागीलाई पनि केही सिटमा सघाउने ओलीको रणनीति देखिन्छ ।

गठबन्धनमा काँग्रेसले आधा र बाँकी दलले आधा लिने गरी तयारी बढेको छ । एमालेले पनि आफूले आधा लिई बाँकी दललाई आधा सम्म दिएर भएपनि चुनावी धक्का खानबाट जोगिन खोजेको छ ।

सम्भवतः भोलिसम्म एमाले नेतृत्वको गठबन्धन तयार हुनेछ । जसमा जसपा र लोसपा दुवै या कुनै एक हुने निश्चितप्रायः भइसकेको छ । राप्रपा र राप्रपा नेपाल पनि सहभागी हुने देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्