Logo

देउवाले सुजाताको गुन तिरे



काठमाडौं, २३ असोज । नेपाली काँग्रेसभित्र टिकट बाँडफाँटमा निकै रस्साकस्सी परेको क्षेत्र हो मोरङ २ । उक्त क्षेत्र विगतमा गिरिजाप्रसाद कोइरालाको चुनावी क्षेत्र मानिन्थ्यो । अघिल्लो चुनावमा डा. मीनेन्द्र रिजाल विजयी भएका थिए ।

सुजाता कोइरालाले दाबी गरेको मोरङ २ मा विगतमा रिजालले बाजी मारे । यसपटक भने रिजाल रोक्किए । सुजाताले टिकट पाइन् ।

काँग्रेसको १४औं महाधिवेशनमा सुजाता प्रकाशमान सिंहको समूहबाट उपसभापतिको उम्मेदवार बनेकी थिइन् । पछि सुजाताकै पहलमा सिंहले देउवालाई समर्थन गरे । परिवारका सदस्य डा. शेखर कोइरालाको विरोधी खेमामा उभिएकी सुजातालाई देउवाले यसपटक गुन तिरे । उनले मीनेन्द्रलाई रोकेर सुजातालाई टिकट दिने निर्णय लिए ।

मीनेन्द्र महामन्त्रीमा पराजित भएका थिए । कुनै समूहमा नलागी उपसभापतिमा प्रतिष्पर्धा गरेका महेश आचार्यले पनि टिकट पाएनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot