Logo

जसपा नेतालाई धमलाको प्रश्न, ‘एमालेको विरोध गर्ने अनि उसैसँग गठबन्धन गर्ने ?’



काठमाडौं, २४ असोज । जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले नेकपा एमालेसँगको सहकार्य स्वाभाविक भएको बताएका छन् । सिरहा २ बाट एमाले–जसपाका साझा उम्मेदवार यादवले एकले अर्कालाई सहयोग गरेर जिताउने र राष्ट्रिय एजेन्डामा अगाडि बढाइने पनि दाबी गरे ।
नेता यादवले पार्टीको नीति विपरीत जाने नेताहरुलाई कारबाही हुने पनि बताए । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने, ‘स्वेच्छाचारी व्यक्तिहरु पार्टीको नेता हुन सक्दैनन् । उनीहरुमाथि अनुशासनको कारबाही हुन्छ ।’ केही निर्वाचन क्षेत्रमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने भनिएकाले पार्टीको सहमतिमा उम्मेदवारी दिनेलाई कारबाही नहुने यादवले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot