Logo

कम्प्युटर अपरेटर घुससहित पक्राउ



काठमाडौं, ३१ असोज । जिल्ला प्रशासन कार्यालय, पर्साको मुद्दा फाँटमा कार्यरत कम्प्युटर अपरेटर संजय प्रसाद यादव घुससहित पक्राउ परेका छन् ।

रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाको टोलीले रकमसहित नियन्त्रणमा लिएको थियो ।

यादवलाई सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित उनी कार्यरत कार्यालयबाट आज नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot