Logo

आर्सनलको कठिन जित



काठमाडौं, कात्तिक ४ । युइएफए युरोपा लिगमा इंग्लिस क्लब आर्सनलले जित हात पारेको छ । उसले गएराति समूह ‘ए’ अन्तर्गतको खेलमा डच टोली पिएसभीविरुद्ध १–० को कठिन जित हात पारेको हो ।

यो जितसँगै उसले २ खेल अगावै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनललाई जित दिलाउन ग्रानिट जाकाले निर्णायक गोल गरे ।

उनले खेलको ७० औं मिनेटमा ताकेहिरो तोमियासुको पासलाई गोलमा परिणत गरेका थिए । योसँगै शतप्रतिशत जित हात पारेको आर्सनल ४ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा रहँदा पराजित पिएसभी समान खेलबाट ७ अंकका साथ दोस्रोमा छ ।



प्रतिक्रिया दिनुहोस्