Logo

पुर्वसांसद मैयादेवी श्रेष्ठको निधन, अन्तिम संस्कार देवघाटमा गरिने



काठमाडौं, ६ कात्तिक । पुर्वसांसद मैयादेवी श्रेष्ठको निधन भएको छ । नेपाली कांग्रेसकी नेता तथा समाजसेवी श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको हो ।

उनको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । श्रेष्ठको शव बिहान १० बजेसम्म कांग्रेस चितवनको पार्टी कार्यालयमा र १० बजेपछि उनले स्थापना गरेको मैयादेवी कलेज परिसरमा राखिने स्रोतले जनाएको छ ।

त्यसपछि श्रेष्ठको पार्थिव शरीर अन्त्येष्टिका लागि देवघाट लगिने भएको छ ।

नेपाल तरूण दलको केन्द्रीय कार्यालय काठमाडौं रविभवनमा रहेको जग्गा पनि मैयादेवी श्रेष्ठले दिएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot