Logo

सेवा र विकासलाई प्रविधिसँग जोडेर दिपेन्द्रले ल्याए चुनावी प्रतिबद्धतापत्र



काठमाडौं, ६ कात्तिक । आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा बागमती प्रदेशसभा काठमाडौं क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष उम्मेदवार रहेका दीपेन्द्र श्रेष्ठले सेवालाई प्रविधिसँग जोडेर दिपेन्द्रले चुनावी प्रतिबद्धता ल्याएका छन् ।

उक्त क्षेत्रको प्रतिनिधिसभामा प्रकाशमान सिंह, किरण पौडेल, रमेश खरेल, पुकार बम रवीन्द्र मिश्र उम्मेदवार रहेकाले निकै चर्चा छ । तर, स्वास्थ्यका विशेष एजेण्डा लिएर आएका दिपेन्द्रसँग प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा गर्नेहरुको भने खासै चर्चा सुनिदैन ।

प्रतिनिधिसभामा उठेका उम्मेदवारभन्दा स्वास्थ्यका एजेण्डालाई विशेष प्राथमिकता दिएका दिपेन्द्रले कोरोनाकालकामा रत्नराज्य स्कुलमा कोरोना आइसोलेसन खोल्ने, घर–घरमा औषधि पु¥याउनेदेखि सिभिल हस्पिटललाई झन्डै करोडको स्वास्थ्य सामग्री उपलब्ध गराउने समेत काम गरिसकेका छन् । त्यसैले “घर–घरमा सेवा, जन–जनमा सुविधा, प्रकाश–दीपेन्द्र नै हुन् जनताका सच्चा सेवक” भन्ने नाराका साथ उनी चुनावी मैदानमा होमिएका छन् ।

स्वास्थ्यका एजेण्डाहरू कार्यान्वय गर्न र भूमाफियाले हडपेका जग्गा राज्यको स्वामित्वमा ल्याउने अधुरा काम पूरा गर्ने अभियानलाई निरन्तरता दिन दिपेन्द्रले मतदातासँग भोट मागेका छन् । अशक्त तथा हिँडडुल गर्न नसक्ने बिरामीहरुको लागि नशारोग, मुटुरोग, मिर्गौला रोग, हाडजोर्नी रोग विशेषज्ञहरुको कार्यदल गठन गरि Telemedicine प्रविधिमार्फत निःशुल्क स्वास्थ्य उपचार परामर्श सेवा प्रदान गर्न उनले भोट मागेका हुन् ।

सामुदायिक विद्यालयमा ICT ल्याब र मन्टेश्वरी स्थापना गर्नेदेखि अन्तर्राष्ट्रिय विशेषज्ञहरुबाट गहन अध्ययन तथा अनुसन्धान गरी तयार पारिएको कक्षा एकदेखि कक्षा १२ सम्मका सम्पूर्ण पाठ्यक्रमहरु समावेश भएको Online Learning Platform सरकारी एवं सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क रुपमा उपलब्ध गराउने योजना रहेको दिपेन्द्र सुनाउँछन् ।

घर/जग्गा किनवेच, Driving License प्राप्ति, नागरिकता, पासपोर्ट लगायतका राज्यवाट प्रदान हुने सेवाहरु नागरिकले घरवाट नै प्राप्त गर्न Digital ID Mobile Application लागू गर्न र अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त सूचना प्रविधिमा आधारित कम्पनीहरु जस्तैः Amazon, Microsoft, Google, IBM सँग समन्वय गरी उक्त कम्पनिहरुलाई नेपालमा लगानीका लागि प्रोत्साहन गर्न विशेष रुपमा लागि पर्ने दिपेन्द्रको प्रतिबद्धता छ ।

राज्यबाट नागरिकलाई प्रदान गरिने विभिन्न सामाजिक सुरक्षा (बृद्ध भत्ता, एकल महिला, अशक्त÷अपाङ्गता आदि) कार्यक्रमहरुमा एकद्वार प्रणाली लागू गर्न, एकीकृत सामाजिक सुरक्षा लगत प्रणाली ( Integrated Social Registry) लागू गर्न र लाभग्राही नागरिकलाई सामाजिक सुरक्षा पहिचान नम्बर (Social Security Number) प्रदान गर्न आफूले भूमिका खेल्ने दिपेन्द्रले एजेण्डा अगाडि सारेका छन् ।

स्वास्थ्यका गुणस्तरीय सेवा सुविधाका कार्यक्रम ल्याउन, आधारभूत स्वास्थ्य सेवा निःशुल्क रुपमा घर–घरमा पु¥याउन, स्थानीय सरकारसँगको सहकार्यमा स्वास्थ्य संस्थाहरुको सुधार गर्नका लागि चुनावमा उठेको दिपेन्द्रको भनाइ छ ।

प्रत्येक वडा कार्यालयमा नर्सिङ सेवा उपलब्ध गराउन, प्रत्येक वडामा १ चिकित्सक राख्ने व्यवस्था मिलाउन र वडास्तरमै दक्ष जनशक्तिसहित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन पनि आफूले उम्मेदवारी दिएको उनको तर्क छ ।

स्वास्थ्य जनशक्ति विकासका लागि शैक्षिक छात्रवृत्तिका कार्यक्रम ल्याउने स्वास्थ्य संस्थामा भौतिक पूर्वाधार र उपकरणका साथै जनशक्तिको पनि उचित व्यवस्थापन गर्ने र प्रदेशभरिका अस्पतालहरुको क्षमता, पूर्वाधारको विकास तथा सुविधा अनुसार वर्गीकरण गर्ने जस्ता एजेण्डालाई दिपेन्द्रले समेटेका छन् ।

संघ मातहत रहेको अस्पताल, स्थानीय सरकार मातहत रहेका अस्पतालसँग विशेष सहकार्य गरी प्रदेश अस्पतालको सेवा सुविधामा सुधार ल्याउने, अशक्त र दीर्घरोगीलाई सरकारले दिँदै आएको सुविधालाई स्वास्थ्य बीमामा समाहित गरी एकीकृत स्वास्थ्य बीमा लागू गर्ने समेत उनको प्रतिबद्धता छ ।

दिपेन्द्रले भूमाफियाले हडपेका जग्गा राज्यको स्वामित्वमा ल्याउने अधुरा काम पूरा गर्ने अभियानलाई निरन्तरता दिने, सरकारी÷ सार्वजनिक र गुठीका जग्गाको संरक्षण गर्ने र भूमिलाई वैज्ञानिकीकरण गर्नका लागि विशेष समितिको रायसहितको म्यापिङ कार्यक्रम ल्याउने चुनावी एजेण्डा बनाएका छन् ।

बागमती प्रदेशलाई आईसीटी हवका लागि पूर्वाधार, सुविधा र आय आर्जनको प्याकेज निर्माण गर्न आफूले फेरि उम्मेदवारी दिएको उनको भनाइ छ ।

स्वास्थ्य तथा मनोरन्जन पार्क निर्माण गर्न, बागमती प्रदेश सरकारले ल्याएको काठमाडौं उपत्यकामा सम्पदा पदमार्गको निर्माण गर्ने कार्यक्रमलाई पूर्णता दिन र ढुंगेधारा, पोखरी, कुवा, ताल आदिको संरक्षण गर्न निरन्तर लाग्ने उनको घोषणा छ ।

सडकमा गस्ती, सडक एम्बुलेन्सको व्यवस्था मिलाउनेदेखि स्थानीय तहसँगको समन्वयमा टोल–टोलमा सिसिटीभी जडान गर्नेसम्मका दिपेन्द्रका एजेण्डा रहेका छन् । सुशासन तथा सदाचारयुक्त र भ्रष्टाचारमुक्त समाज र राष्ट्र निर्माण गर्न प्रविधिको प्रयोगलाई उच्चतम उपयोगमा ल्याउने उनको संकल्प छ ।

प्रदेशभित्रको कम्तिमा ५० जना औद्योगिक घरनाहरुलाई हरेक फरक विषयमा विशेष औधोगिक क्षेत्र विकास गर्न संघीय सरकार, उद्योग वाणिज्य महासंघ , उद्योग परिसंघ तथा उद्योग वाणिज्यसम्बन्धी विभन्न संस्थाहरूसँगको सहकार्यमा उद्योग र नव–प्रवर्द्धनका विशेष कार्यक्रम ल्याउने एजेण्डा समेत दिपेन्द्रको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

महिला, बालबालिका पिछडिएको, अशक्त, एकल महिला, शारीरिक रूपमा फरक क्षमता भएका, बृद्धलगायतको सामाजिक सुरक्षाका लागि एकीकृत रुपमा स्वास्थ्य बीमा+ आवास+तिर्थाटन लगायतका कार्यक्रम ल्याउन आफू अगाडि सरेको उनले बताए ।

खेलकुद एकेडेमीहरूको स्थापना र विकास गर्न र स्थानीय आवश्यकता अनुसारका खेलकुद पूर्वाधार निर्माण गर्न पनि लागि पर्ने दिपेन्द्रको प्रतिबद्धता छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot