Logo

चुनावी वाचापत्र ल्याउने तयारीमा रवि लामिछाने, काठमाडौं फर्किए



काठमाडौं, ६ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पार्टीको चुनावी वाचापत्र ल्याउनेगरि छलफलमा जुटेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको लागि चितवन–२ बाट उम्मेदवार बनेका लाछिाने चुनावी वाचापत्र ल्याउनकै लागि चितवनबाट काठमाडौं फर्किएका छन् ।

उनले गर्नै नसकिने झुठो आश्वासनको घोषणापत्र नभएर गर्नैपर्न र निश्चित् समयमा गरि छाड्ने वाचापत्र ल्याउनको लागेको जनाएका छन् । उनले फेशबुकमा लेखेका छन–‘गर्नै नसकिने झुठो आश्वासनको “घोषणा पत्र” होइन, गर्नै पर्ने र निश्चिति समयमा गरि छाड्ने “वाचा पत्र” को अन्तिम तयारीका लागि पार्टी मुख्यालय ( घण्टी घर) काठमाडौ आएको छु। देउसी खेल्न चितवन नै आउदैछु।”



प्रतिक्रिया दिनुहोस्

Screenshot