Logo

सन्दीप लामिछानेको तिहार जेलमै



काठमाडौं, ६ कार्तिक । बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएसँगै उनको यो वर्षको तिहार जेलमै बित्ने भएको छ । भोलिबाट तिहारको विदा सुरु हुँदैछ ।

आज (आइतबार) जिल्ला अदालत काठमाडौंंले लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि ४ दिनको समय म्या थपिएको थियो । सो म्याद सकिएसँगै अदालतले नेपाल प्रहरीको आग्रहमा आज थप २ दिन थुनामै राखेर अनुशन्धान गर्न समय थपेको हो ।

सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न २ दिन म्याद थपियो

 



प्रतिक्रिया दिनुहोस्

Screenshot