Logo

खेलाडीको मृत्युपछि बन्द प्याराग्लाइडिङ उडान आजदेखि खुल्ला



काठमाडौं, ६ कात्तिक । उडानको क्रममा आकाशबाट खसेर एक खेलाडीको मृत्यु भएपछि रोकिएको प्याराग्लाइडिङ उडान आजबाट खुल्ला भएको छ । विभिन्न शर्तसहित प्याराग्लाइडिङ खुल्ला गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले खुल्ला गर्ने अनुमति दिएको हो ।

प्राधिकरणले राखेका शर्त पालना गर्न नेपाल हवाइ खेलकुद तयार भएपछि उडान गर्न अनुमति दिएको हो ।

गत असोज ३० गते पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङ प्रतियोगिताको क्रममा आकाशबाट खसेर नेपाल आर्मीका निसिम थापाको निधन भएको थियो । थापाको निधन लगत्तै प्याराग्लाइडिङ उडान अनिश्चितकालिन रुपमा बन्द गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot