Logo

उदयपुरगढी गोल्डकपको उपाधि मलिथमलाई



नेपालटार, ८ कार्तिक । तेस्रो उदयपुरगढी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि मलिथम फुटबल क्लबले जितेको छ । भकुण्डे चौरमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा मलिथमले गाईघाट फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा ८–७ ले हराउँदै च्याम्पियन बनेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

विजेता बनेको मलिथमले उपाधिसहित नगद १ लाख २० ह जार हात पार्यो भने उपविजेता गाईघाटले ६० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएको हो ।

आदर्श युवा क्लब, नेपालटार, उदयपुरको आयोजनामा कार्तिक १ गतेदेखि शुरु प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएको आयोजकले जानकारी दियो । प्रतियोगिताको मुख्य प्रायोजन उदयपुरगढी गाउँपालिका, उदयपुरले गरेको थियो ।

फाईनल खेलको म्यान अफ दि म्याच मलिथम एफसीको तर्पmबाट सदम मन्सुर घोषित भए भने बेस्ट किपर पनि सोहि टिमबाट रेम्बो चौधरी घोषित भए । त्यस्तै बेस्ट डिफेन्डर गाईघाट एफसीकोे तर्पmबाट सबिन थापा, हाई गोल स्कोरर गाईघाट एफसीकै दिपेश भुजेल घोषित भए भने बेस्ट प्लेयर अफ दि टुर्नामेन्टे मलिथम एफसीका विशाल चौधरी बन्न सफल भए । राईजिङ खेलाडीको उपाधी भने गाईघाट एफसीको दिपेश मगरले पाउन सफल भए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot