Logo

१२ वर्ष कैद सजाय माग गर्दै सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता



काठमाडौं, १४ कात्तिक । बलात्कारको अभियोगमा प्रहरीको नियन्त्रणमा रहेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा आज अभियोग पत्र दर्ता गराएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र पेश गरिएको उच्च स्रोतले जनाएको छ ।

मुलुकी अपराध संहिता २०७४ बमोजिम १० देखि १२ वर्षको कैद सजाय माग गर्दै लामिछानेविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई गत असोज २० गते प्रहरीले पक्राउ गरेको थियो । File Photo

 



प्रतिक्रिया दिनुहोस्

Screenshot