Logo

विप्लवले आज दिउँसो पत्रकार सम्मेलन गर्दै



काठमाडौं, १५ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टीले आज नवौं महाधिवेशनले पारित गरेका निर्णयहरु सार्वजनिक गर्ने भएको हो ।

पार्टीको महाधिवेशन गत असोज २५ गतेदेखि एक हप्तासम्म भएको थियो । आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा कार्यक्रमको आयोजना गरिएको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot