Logo

चुनाव भाड्ने तयारीमा विप्लव समुह



काठमाडौं, १५ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आसन्न मंसिरमा हुने निर्वाचन भाड्ने निर्णय गरेको छ।

पार्टीको नवौं महाधिवेशनबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन खारेज गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

निर्वाचन खारेज अभियान अन्तर्गत पार्टीले देशव्यापी रुपमा भण्डाफोर र प्रचार अभियान चलाउने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot