Logo

गायक प्रकाश दुतराज भन्छन्–‘कहिले काँही हराईदिन्छु, यसै यसै’



काठमाडौं, २२ कार्तिक । सांगितिक कार्यक्रमको लागि हाल अष्ट्रेलियामा रहेका गायक प्रकाश दुतराजले त्यहाँ रहँदा आत्महत्याको प्रयास गरेको समाचार आएको थियो । त्यसलगत्तै दुतराजले सामाजिक सञ्जाल फेशबुकमार्फत केही आफ्ना भावना लेखेका छन् । उनले आफूले कसरी मार्न सक्दथें र यो शरिरलाई भनेर लेखेका छन् ।

उनले लेखेका छन्-

कहिले काहि हराई दिन्छु , यसै यसै . .
कहिले हरियाली पाखा पखेरि , उकाली -ओराली चौतारी अनि देउरालीहरु सँगै . .
कहि उजाड बगर , मरुभूमिहरु सँगै बालुवा झैं उडिदिन्छु . .
कहिले समुन्द्रका छालहरुले अँगाल्दै गहिराईमा पुर्याई डुबाई दिन्छन् . .
कहिले अध्यारो बन्द कोठा भित्र घण्टौ सम्म आफैलाई थुनिदिन्छु . .
हजारौं कोशिश गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन ।
यसलाई रोग भनु या मेरो विशेषता ।
यहि कारण पनि म आफुले आफैलाई दुखि बनाउँछु ।
धेरै समाचारहरु हेरे, पढे अलिक अप्ठ्यारो असजिलो महसूस गरे ।
“म केहि छिन हराउँनु म मर्नु हैन नि !
बोली मधुरो पार्दै आमाले फोन गर्नु भएको थियो , सानो दुखले जन्माएको हुर्काएको होईनौ नि तिमीहरुलाई . .
माया गर्नेहरु को आशुले सराप्छ ।
कसरी मार्न सक्थे र यो शरीरलाई ।

गलत बुझाई तथा सुचना को आधारमा प्रकाशित समाचारहरुले मलाई माया गर्नु हुने सदा आशीर्वाद दिनुहुने हजुरहरु सबै सबैमा पर्न गएको असर प्रति क्षमा माग्दछु ।
संधै संधै तपाईहरुकै मन भित्र बसिरहन खोज्ने तपाईहरुकै प्रिय कलाकार ,
प्रकाश दुतराज ।



प्रतिक्रिया दिनुहोस्

Screenshot