Logo

डा. महतको दाबी : गठबन्धनले चुनाव जित्दैछ, निर्वाचनपछि देउवा नै प्रधानमन्त्री बन्नुहुन्छ (भिडिओसहित)



काठमाडौं, २७ कार्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मंसिर ४ गते हुने निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनले बहुमत ल्याउने दाबी गरेका छन् । आज विहान प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले कांग्रेस र माओवादीले एकले अर्कोलाई मतदान दिने दाबी गरे ।

उनले ०७४ मा नेपाली जनताले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पाँच वर्षको लागि म्याण्डेट दिएको भएपनि काम गर्न नसकेकोले अब जनताबाट मत नपाउने टिप्पणी गरे । उनले आफ्नो पार्टी सभापति शेरबहादुर देउवा काममा विश्वास गर्ने नेता भएकोले धेरै भाषणबाजी र कुरा नगर्ने सुनाए ।

तर, ओली भने भाषणमात्रै गर्ने र काम नगर्ने नेताको रुपमा चिनिएको सुनाए । जनताले अब गल्ती गर्ने र गठबन्धनलाई जिताउने महतको दाबी छ । उनले निर्वाचनपछि पनि आफ्नो पार्टी सभापति देउवा नै प्रधानमन्त्री बन्ने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot