Logo

फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना



काठमाडौं, मंसिर २८ । फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना प्रवेश गरेको छ । क्रोएसियालाई ३–० को सहज जितका साथ अर्जेन्टिनाले फाइनलमा पुगेको हो ।

अर्जेन्टिनाको जीतमा जुलियन अल्भारेजले २ र कप्तान लिओनेल मेस्सीले १ गोल गरे । पहिलो हाफमै २–० को अग्रतामा रहेको अर्जेन्टिनाले दोस्रो हाफमा गोल थप्दै जीत पक्का गरेको थियो ।

बुधबार बिहान कतारको लुसाइल रंगशालामा ​भएको सेमिफाइनल खेलमा मेस्सीले खेलको ३४ औं मिनेटमा पेनाल्टीमार्फत र जुलियनले ३९ र ६९ औं मिनेटमा गोल गरेर टीमलाई जित दिलाएका हुन् ।

अर्जेन्टिनाले अब बिहीबार बिहान हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दैछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot