Logo

अब बस्ने संसद् अधिवेशन बाह्रौं कि पहिलो ?



काठमाडौं, पुस १८ । संघीय संसद्को अधिवेशन यही पुस २५ गते सुरु हुँदैछ। तर उक्त अधिवेशनलाई २०७४ सालको निर्वाचनपछिको संसद् अधिवेशनसँग जोडेर निरन्तरता दिने वा पहिलो अधिवेशनका रूपमा अघि बढाउने भन्ने विषयमा संसद् सचिवालय अनियन्त्रित बनेको छ। यस विषयमा निर्णय गर्न संसद् सचिवालयले दलहरूको सहयोग मागेको छ।

‘निरन्तरता दिने हो भने यसअघिको अधिवेशन ११औं भएकाले अबको अधिवेशन १२औं हुन जान्छ। तर यसबारे राजनीतिक निर्णय नै गर्नुपर्ने आवश्यकता देखिएकाले संसद् सचिवालयले दलहरूसँग छलफल गर्ने भएको छ,’ स्रोतले भन्यो। संघीय संसद् सचिवालयले यो निर्णय गर्न नसक्दा प्रदेशसभा अधिवेशनका विषयमा पनि के गर्ने भन्ने अन्योल रहेको स्रोतको भनाइ छ। बिस्तारै सबै प्रदेशसभाको अधिवेशन सुरु हुँदैछ।

नेपालको संसदीय इतिहासमा २०१६ सालमा संसद्का दुईवटा अधिवेशन भएका थिए। पहिलो अधिवेशन २०१६ असार १६ मा सम्पन्न भएको थियो । दोस्रो अधिवेशन २०१६ चैत १८ गते सुरु भई २०१७ भदौ ३१ सम्म चलेको थियो। २०१७ पुस १ मा तत्कालीन राजा महेन्द्रले संसदीय व्यवस्था विघटन गरी पञ्चायती व्यवस्था लागु गरेका थिए।

२०४८ सालपछि संसद् अधिवेशनलाई क्रमिक राखेर २१औं अधिवेशनसम्म निरन्तरता दिइएको थियो। २०५९ सालमा संसद् विघटन भएसँगै तत्कालीन राजा ज्ञानेन्द्रको ‘कु’पछि २०६२र६३ सालको जनआन्दोलनले २०४७ सालको संविधान बदलिदिएको थियो। आजको नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot