Logo

छड्के जाँच गर्न यातायात कार्यालय पुगे मन्त्री श्रेष्ठ



काठमाडौं, पुस १९ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात कार्यालयमा आकस्मिक अनुगमन गरेका छन् ।

ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा पुगेर मन्त्री श्रेष्ठले सेवाग्राहीको गुनासो, कार्यालयको काम कारबाहीबारे बुझेका छन् । मन्त्री श्रेष्ठ अहिलेपनि कार्यालयमै छन् । अनुगमन जारी छ ।

मन्त्री श्रेष्ठले सेवा लिने क्रममा सेवाग्राहीमाथि हुने व्यवहार र त्यहाँका समस्या बारे बुझिरहेका छन् । सवारी चालक अनुमतीपत्रको लिखित परीक्षा तथा ‘ट्रायल’ पास गरिसकेका सेवाग्राहीले एक वर्षदेखि परीक्षा पास गरेको कागजका भरमा सवारीसाधन चलाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्