Logo

बालुवाटारमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता, पार्टी एकता गर्ने सहमति



काठमाडौं, २३ पुष । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता हुने भएको छ। दुई पार्टी एकता गर्नेबारे आज दुवै दलका अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईबीच सहमति भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई नेताको भेटवार्तामा पार्टी एकता गर्ने सहमति भएको हो । दुई दलबीच मंसिर ४ गतेको निर्वाचनअघि नै एकता गर्ने सहमति भएको थियो ।

तर, चुनावमा जानु परेकोले समय अभावका कारण एकता हुन सकेको थिएन । बाबुरामले पार्टी एकतापछि पार्टीको नाममा माओवाद वा कम्युनिष्ट नराख्न भनेका छन् । प्रचण्ड भने माओवाद छोडेपनि कम्युनिष्ट छाड्न तयार थिएनन् । अहिले माधव नेपाल र उपेन्द्र यादवहरुलाई समेट्नेगरि दाहाल समाजवादी केन्द्र बनाउन तयार भएका छन् ।

दुई नेताबीच आज भएको भेटवार्तामा पार्टी एकताका अलावा समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको जनाईएको छ । प्रधानमन्त्री दाहालले यही पुष २६ गते सदनमा विश्वासको मत लिँदैछन् । त्यसको लागि पनि दुई नेताले होमवर्क गरेका छन् । बाबुरामले त राष्ट्रिय सहमतिको सरकारको आवश्यकत्ता औंल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot