Logo

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन अनिवार्य उपस्थित् हुन आफ्ना सांसदहरुलाई ओलीको निर्देशन



काठमाडौं, २५ पुष । नेकपा (एमाले) का संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासका मत दिनका लागि अनिवार्य रुपमा उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको पहिलो अधिवेशन आजबाट सुरु भएको छ । संसद् बैठक बस्नुअघि बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले आफ्ना सांसदहरुलाई यस्तो निर्देशन दिएका हुन् । ओलीले सबै सांसदहरुलाई समयमै बैठकमा अनिवार्य उपस्थित हुन र प्रधानमन्त्री दाहालको पक्षमा भोट हाल्न निर्देशन दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot