Logo

जन्म, मृत्यु, विवाह दर्ताका लागि लिइँदै आएको शुल्क हट्ने



काठमाडौं, पुस २६ । नेपालबाट दादुरा उन्मूलन गर्ने लक्ष्यमा निकै चुनौती थपिएको छ। नेपालसहित दक्षिणपूर्वी ११ राष्ट्रले विश्व स्वास्थ्य सङ्गठनसमक्ष सन् २०२३ सम्ममा दादुरा उन्मूलन गर्ने प्रतिबद्धता जनाएका थिए।

सोमबार साँझसम्ममा बाँकेका ८० जना बालबालिकामा दादुरा रोग पुष्टि भएसँगै दादुरा उन्मूलनमा चुनौती थपिएको हो। तीमध्ये एक जनाको निधन भइसकेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले बाँकेमा अप्रत्यासित रूपमा दादुरा फैलिएको जानकारी दिए। उनले स्वास्थ्य मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट दादुरा नियन्त्रणका लागि टोली पठाइसकेको बताए।

शनिबार साँझसम्ममा बाँकेको नेपालगञ्जमा ६४ जना बालबालिकामा मात्र दादुरा पुष्टि भएको थियो। २४ घण्टा नबित्दै थप १६ जना बालबालिकालाई दादुरा पुष्टि भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। चुमनलाल दासले सोमबार ४ बजेसम्म ८० जना बालबालिकालाई दादुरा पुष्टि भएको जानकारी दिए। रोग नियन्त्रण महाशाखाबाट विज्ञसहितको टोली खटिइसकेको जानकारी दिँदै उनले दादुरा महामारी नियन्त्रणका लागि सबैको सहयोग आवश्यक रहेको बताए। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्