Logo

नेपाल टी–ट्वान्टी लिग : फाइनल प्रवेशका लागि आज जनकपुर र विराटनगर भिड्दै



काठमाडौं, पुस २६ । काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर खेलमा आज जनकपुर रोयल्स र विराटनगर सुपर किङ्स भिड्दैछन्।

किर्तिपुरस्थित टियु मैदानमा मध्यान्ह १२ः३० बाट सुरु हुने खेलमा विजेताले फाइनलमा स्थान बनाउने छ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ । आजको विजेताले फाइनलमा लुम्बिनी अल स्टार्ससँग उपाधिको लागि खेल्नेछ ।

पहिलो क्वालिफायरमा लुम्बिनीसँग ६ रनले पराजित भएको जनकपुरका लागि फाइनल प्रवेशका लागि यो दोस्रो मौका हो । यता, विराटनगरले काठमाडौं नाइट्सलाई ९९ रनले हराउँदै जनकपुरसँगको भेट पक्का गरेको हो ।



प्रतिक्रिया दिनुहोस्