Logo

राष्ट्रिय महिला तथा पुरुष भलिबल : न्यू डायमन्ड विजयी



काठमाडौँ,२६ पुष । राजधानीमा जारी सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा साबिक विजेता न्यू डायमन्ड स्पोट्र्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा न्यू डायमण्डले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । न्यू डायमन्डले एभरेष्टलाई पहिलो सेटमा २५–७ ले पराजित ग¥यो भने दोस्रो सेट २५–१० ले पाखा लगायो ।

त्यस्तै तेस्रो सेट २५–१२ ले हरायो । जितसँगै समूह ‘ए’ बाट न्यू डायमन्डले दुई खेलमा छ अङ्क जोडेको छ । यस समूहबाट नेपाल पुलिस क्लब पनि सेमिफाइनलमा पुगेको छ । पुलिसको पनि समान छ अङ्क नै रहेको छ ।

च्याम्पियनशिपमा महिलातर्फ आठ टोली सहभागी छन् भने पुरुषतर्फ १४ टोलीले सहभागिता जनाएका छन् । च्याम्पियनशिपको महिला र पुरुषतर्फको विजेता टोलीले रु चार लाख पाउनेछ भने उपविजेताले रु दुई लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख पाउनेछ । रासस

 



प्रतिक्रिया दिनुहोस्