Logo

एकताका लागि जसपा र समाजवादीबीच वार्ता हुँदै



काठमाडौं, २८ पुष। जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)बीच एकताका लागि आज वार्ता हुँदैछ।

दुवै पार्टीबीच आज दिउँसो सिंहदरबारमा छलफल हुने जसपाले जनाएको छ।

एकताका लागि जसपा र समाजवादीले कार्यदल गठन गरिसकेका छन्।

वार्ता समितिमा जसपाको तर्फबाट राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् भने समाजवादीको तर्फबाट बेदुराम भुषाल, डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन्।

जसपाको संसद्‍मा १२ सिट रहेको छभने समाजवादीको १० सिट रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot