Logo

राष्ट्रप्रमुखद्वारा वसन्त श्रवण (तस्विरहरु)



काठमाडौं, माघ १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले वसत्न पञ्चमीका अवसरमा काठमाडौंको हनुमानढोकामा वसन्त श्रवण गरेकी छन् । बिहान १०ः४७ बजेको शुभसाइतमा नासल चोकमा राष्ट्रपति भण्डारीलाई वसन्त श्रवण गराइएको हो ।

गणतन्त्रभन्दा पहिले राजाहरूले वसन्त श्रवण गर्ने गरेकोमा गणतन्त्र स्थापनापछि राष्ट्राध्यक्षको हैसियतमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन चलेको हो ।

वसन्त श्रवणमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुखसहित उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सांसदहरू, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो ।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्नुका साथै मङ्गलधुन प्रस्तुत गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्